तिहारको आगमनसँगै असन–इन्द्रचोकमा बढेको चहलपहल (फोटो फिचर)

काठमाडौं, १५ कार्तिक । हिन्दु धर्मालम्बीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै शहरबजारमा चहलपहल तीव्र बढेको छ । फूल र बत्तीको झिलिमिलीको चाडको रुपमा मनाइने तिहारमा विशेषगरी, मखमली, सयपत्री र गोदावरी फूलको माग अत्याधिक बढ्ने गर्दछ । यसैगरी धन्तेरसका दिन सुन, चाँदी, तामा, पित्तल, लक्ष्मीको मूर्ति लगायत धातुका मूर्तिहरु, पूजा सामाग्रीहरु, झिलीमिली पार्न सजाइने बत्ती, दियो, पाला लगायत माटाका भाडाहरुको बजार थप तात्ने गर्दछ । यसैगरी तिहारमा भाईपूजाका लागि आवश्यक हुने भाईमसला, ढाकाटोपी, सप्तरंगी टीका लगायतका सामाग्रीहरुको अत्याधिक माग हुने गर्दछ ।


फोटोफिचर

फोटो : ध्रुव अधिकारी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति