पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु


काठमाडौं, १४ कार्तिक । नेपालमा थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ५ हजार ७ सय ३१ ,एन्टीजेन विधिबाट २ हजार १ सय ६८ जनामा परिक्षण गर्दा ४ सय ८ जनामा संक्रमण पुष्टि भएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सँख्या ११ हजार ४ सय ७ पुगेको छ ।त्यस्तै आज थप ५ सय १८ जनाले कोरोनालई जितेका छन् । यो सँगै नेपालमा कोरोनाबाट निको हुनेको सँख्या ७ लाख ९१ हजार ७ सय ८७ पुगेको छ । नेपाल हाल सक्रिय संक्रमित सँख्या ९ हजार ३ सय ७६ रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति