संसदीय सुनुवाइ समितिको बैठक कात्तिक १६ गते बस्ने

काठमाडौं, १४ कार्तिक । सरकारले प्रस्तावित राजदूतहरुको नियुक्तिका लागि सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।
कात्तिक १६ गते २ बजे बैठक बोलाइएको हो । सरकारले केही दिनअघि बेलायत, अमेरिका र भारतको लागि राजदूत नियुक्त गरेको थियो । सुनुवाइ समितिले राजदूतको नियुक्त प्रक्रिया अघि बढाउने क्रममा उनीहरुविरुद्ध उजुरी आह्वान गर्नेछ । विरोध र उजुरीका सूचना संकलन गरेपछि बस्ने बैठकमा प्रस्तावित राजदुतलाई बोलाएर सुनुवाइ हुन्छ । संसदीय संघीय संसद्को संयुक्त समिति हो । यो समितिको सभापति लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण सभापति छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति