बग्दादमा तीन वटा कात्युशा रकेट अवतरण

बग्दाद, कार्तिक १४ । इराकको राजधानी बग्दादको पश्चिमी भागमा आइतवार तीनवटा कात्युशा रकेटहरू अवतरण गरिएका छन् । त्यहाँको आन्तरिक मन्त्रालयसँगको समन्वयमा प्रहरी स्रोतले जनाएअनुसार त्यसबाट कुनै मानवीय क्षति भने भएको छैन । बिहान सबेरै रकेटहरू अलमन्सूर नजिक अवतरण गरिएका थिए । स्रोतले जनाएअनुसार उक्त रकेटहरू मध्ये एउटा रेड क्रिसेन्ट अस्पताल नजिक, अर्को अल-जैटौन स्ट्रीट नजिक र तेस्रो अल-अमिरात स्ट्रीटको एक निजी बैंक बाहिर अवतरण भएका थिए ।

यस आक्रमणबाट कुनै मानवीय क्षति नभए पनि नजिकका भवनहरू र कारहरूमा केही क्षति पुगेको स्रोतले बताएको छ । रकेटहरूले स्पष्ट रूपमा अमेरिकी दूतावास नजिक ग्रीन जोनलाई निशाना बनाएका थिए तर त्यसले लक्ष्य ठम्याउँन भने असफल भएको छ । ग्रीन जोन, जसमा केही मुख्य इराकी सरकारी कार्यालयहरू र अन्य विदेशी दूतावासहरू पनि छन् । उक्त क्षेत्रमा विद्रोहीहरूले बारम्बार मोर्टार र रकेट आक्रमण गर्ने प्रयास गरिरहेका छन् । करिब १० वर्ग किलोमिटरको सो क्षेत्र टाइग्रिस नदीको पश्चिमी किनारमा अवस्थित रहेकाे छ । (एजेन्सी)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति