नेप्से परिसूचक २८ सय नाघ्यो, कारोबार रकम ८ अर्ब नजिक

काठमाडौं, १४ असोज । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५५ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ५५ दशमलव २५ अंकले बढेर २ हजार ८ सय ३७ दशमलव ३६ अंकमा पुगेको छ । शेयर कारोबार रकम समेत ८ अर्ब नजिक पुगेको छ । दिनभर भएका ८१ हजार ९ सय ३५ कारोबारबाट २ सय ३२ कम्पनीका १ करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रुपैयाँ पुगेको छ । नेप्से परिसूचक र शेयर कारोबार रकम दुबै दशैं पछिको नयाँ रेकर्ड हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति