बारको कालोपट्टी जुलुसविरुद्ध वकिलहरूको सेतोपट्टी प्रदर्शन ?

काठमाडौं, १४ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले कालोपट्टी मागेर प्रदर्शन गरिरहेको बेला एउटा समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको छ । कसैकसैले कालो र सेतोपट्टी दुबै बाँधेर प्रदर्शन गरेका छन् ।

नेपाल बारका केही कुरामा सहमति र केही कुरामा असहमति भएकाले कालो र सेतो दुबै पट्टी बाँधेर प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।
यसरी प्रदर्शन गर्नेमा कानून व्यवसायी स्वागत नेपाल र भूमिनन्द चुडाल लगायत छन् । कानून व्यवसायी नेपालले न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरु सहमत भए पनि न्यायनिरुपणको हकबाट नागरिकहरु बन्चित भएको विषयमा सहमत नभएकाले सेतो पट्टी बाँधेर प्रदर्शन गरेको बताए ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस पैरवी रोकेका छन् । न्यायाधीशहरुले पनि इजलास बहिस्कार गरेका छन् ।यसको विरोधमा अभिव्यक्ति दिँदा अधिवक्ता चुडाल बार एशोसिएसनको परिसरमा कुटिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति