पार्टी एकता गरौं, ढुक्कै, क्षेत्रीय पार्टी बनाएर किन बस्ने – अध्यक्ष प्रचण्ड

काठमाडौं, १३ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव गरेका छन् ।शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा उनले छिटै पार्टी एकता गर्न प्रस्ताव गरेका हुन् ।

कार्यक्रममा आफूसँगै उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौं, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’ जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई राम्रोसँग चिन्ने भन्दै प्रचण्डले भने, ‘गठबन्धन त हामीले गरेकै छौं । अब पार्टी एकता गरौं ।

ढिलो नगरौं, तपाईंहरुलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौं ।’प्रचण्डले पार्टी एकताको छिटो निर्णय गरेर जनकपुरमा घोषणा गर्नुपर्ने पनि बताए । ‘नडराई पार्टी एउटै बनाऔं, सिद्धियो, म जनकपुरमा आउँछु । जनकपुरमा घोषणा गरौं’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति