बालुवाटारमा आफ्नै घरबाट भाँडाकुँडा लगेको थिएँ कुनै नयाँ समान किनिन् – अध्यक्ष ओली

काठमाडौं, १३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा करोडौंको बिलासिताका सामान खरिद गरेको आरोपको खण्डन गरेका छन् ।सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार चितवनमा आयोजित कार्यक्रममा ओली प्रधानमन्त्री हुँदा करोडौंको सामान खरिद भएको बताएका थिए ।

उनले भनेका थिए, ‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ । हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटलीबाट महँगो सामान ल्याएर राखेका रहेछन् ।’ तर एमाले अध्यक्ष ओलीले त्यसको खण्डन गरे । शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले यो विरोधीहरुले लगाएको आरोप मात्र भएको बताए ।

‘प्रचण्डले चितवन गएर के भनेछन् भने मलाई डेढ लाखको खातमा सुत्यो भनेर उडाउँथे । केपी ओलीले करोडौंको किनेका रहेछन्,’ ओलीले भने, ‘मेरो भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे । आफ्नै घरबाट लगेको हुन्थे, के को किन्नु ?’अघि भने, ‘प्रधानमन्त्रीको निवासमा सेना बस्छ, सेनाले खानु पर्यो होला, खान पकाउनु पर्यो होला ।

त्यहाँ ग्यास खर्च भयो होला । मेरो श्रीमतीले पकाएको यति (हातले थोरै संकेत गर्दै) खान खाएर बस्छु म । अनि करोडौंको भाँडाकुँडा चाहिँ के गर्नु ?’ एउटा रोटी र दुई गाँस भात खाएर बस्ने आफूलाई करोडौंको भाँडाकुँडा नचाहिने ओलीको तर्क छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति