विद्यालय जाने क्रममा प्रधानाध्यापकमाथि दुर्व्यहार

काठमाडौं, १२ कार्तिक । धनुषाका विद्यार्थीले प्रधानाध्यापकमाथि दुर्व्यहार गरेका छन् । धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापक बैजुप्रसाद साहलाई विद्यालय जाने क्रममा विद्यार्थी दुर्व्यहार भएको हो ।विभिन्न माग राख्दै विद्यार्थीहरुले विद्यालयमा चार दिनदेखि ताला लगाएका थिए ।

सोही विषयमा विद्यालयमा नै मेयर विजय शंकर प्रसाद साहसहित हुने छलफलका लागि विद्यालय आउने क्रममा बाटोमा प्रधानाध्यापकलाई दुर्व्यहार भएको मेयर बिजय शंकर प्रसाद साहले बताए ।मेयर साहले भने ‘दुई जना विद्यार्थी सरले चिन्नुभएको छ । बाँकीलाई चिन्नुसक्नुभएको छैन । चिनेका विद्यार्थी माथि किटानी जाहेरी दिने तयारी भईरहेको छ ।’ करिब १० जनाको समूहले प्रधानाध्यापक माथि दुर्व्यहार भएको मेयर साहले बताए ।दुव्र्यहारबारे प्रधानाध्यापक साहले केही नभनेको र भिडियो सामाजिक सञ्जालमा आएपछि मात्रै थाह पाएको शिक्षक राम दुलारको भनाई छ । उनले भने ‘बाटोमा केही युवाहरुसँग सामान्य तानातान भएको मात्रै भन्नुभयो । भिडियो हेरेर थाह पाएका हौं । अब के गर्ने छलफल हुँदैछ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति