प्रधानन्यायाधीशले तोके सुनुवाइका लागि आठ इजलासमा पेसी

काठमाडौं, १२ कात्तिक ।  प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोकेका छन्। पेसीमा प्रधानन्यायाधीश राणा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलास पनि रहेको छ भने अन्य न्यायाधीशको एकल तथा संयुक्त इजलास तोकिएको छ तर अहिलेसम्म सुनुवाइ सुरू भएको भएको छैन।

प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै अन्य न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्दै आएकाले गत सोमबारदेखि नै मुद्दाको सुनुवाइ हुन सकेको थिएन।

गत सोमबार सर्वोच्च अदालतको पूर्णबैठक बसेर समस्या समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेको थिएन।प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै अन्य न्यायाधीशलाई संविधान र कानुनबमोजिम आ(आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका थिए।न्यायाधीशका इन्कारीका कारण मुद्दाको सुनुवाइ हुन नसक्दा टाढा(टाढाबाट आएका पालोमा परेका सेवाग्राही मर्कामा परेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति