साताभरी बढ्यो शेयर बजार

काठमाडौं, ११ कात्तिक। लगातार पाँचौ दिन बढ्दै यो साता शेयर बजारले सुधारको संकेत देखाएको छ । साताको अन्तिम कारोबार दिन आज पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

नेप्सेको यो बृद्धि साताभर निरन्तरको पाँचौ दिन हो । आज १३.०३ अंकले बढेर नेप्से परिसूचक २७ सय ८२.१७ को बिन्दिुमा उक्लिदा कारोबार रकम भने ५ अर्ब ३९ करोड ५२ लाख खुम्चिएको छ । बिहीबार २२२ कम्पनीको ५२ लाख ३६ हजार ६१३ कित्ता सेयर दोस्रो बजारमा ५९ हजार १४० पटक खरिद बिक्री भएको थियो ।आज ११३ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको शेयर मूल्य घट्न पुग्यो भने तन कम्पनीको शेयर मूल्य स्थिर रह्यो । आज रिडी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर पार्टनरका लगानीकर्ताले बजारबाट अधिक मात्रामा कमाए ।

यस्तै एनएमबि हाइब्रीड फण्ड एक र गुराँस लाईफ इनस्योरेन्स र सिटिजन्स म्युचुअल फण्ड दुईका लागानीकर्ताले दोस्रो बजारमा धेरै गमाए । आज कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहमा हरियाली छाएको थियो भने ६ उपसमूह ओरोलो लागेकोथियो । बिहीबार माइक्रोफाइनान्स र जलबिद्युत उपसमूहमा उच्च बृद्धि देखिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति