काठमाडौं, ११ कार्तिक । जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानन्यायाधीश प्रकरणमा आफ्नो धारणा राखेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक संजाल ट्वीटरमा स्टाटस लेख्दै आफ्नो धारणा राखेका हुन् ।उनले राज्यको स्थायी अंग एकपछि अर्को गर्दै पतनको संघारमा पुग्नु गम्भीर विषय भएको बताएका छन् ।
त्यस्तै लामो क्रान्तिपछि पनि पुरानो राज्यको थोत्रा अंग जस्ताको त्यस्तै बोकेर हिड्नुको परिणामको उपजको रुपमा यस घटनालाई लिनसकिने उनले बताएका छन् ।उनले वर्तमान राज्यका प्रणालीलाई मरेकी सतिदेवीको संज्ञा दिँदै त्यसलाई बोकेर भौतारिँदै हिँड्ने की बेलैमा सदगद गर्ने ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया