राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै

काठमाडौं, ११ कात्तिक । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकहरुमा देखिएको तरलता अभावलाई टार्न आज बिहीबार केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई जारी गर्ने भएको हो । उक्त रिपोको आजै बोलकबोल गर्नेछ ।

रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । उक्त रिपो २५ कात्तिकसम्म परिपक्व हुनेछ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयअनुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने प्रक्रिया (रिपो) हो ।

यस उपकरणको निष्काशनको दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको ने।रा।बैंकमा रहेको खातामा राष्ट्र बैंकले बाँडफाँटअनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति