वाशिंगटन डिसी, ११ कार्तिक । अमेरिकाका लागि १८ औं नेपाली राजदूत डा. युवराज खतिवडा नेपाल उडेका छन । एक बर्ष भन्दा कम समय अमेरिकाको बसाई पछि अक्टोबर २७ बुधबारका दिन कतार हवाईजहाजबाट उनि नेपाल उडेका हुन।कोरोनाको महामारीमै अमेरिका आएका खतिवडाले काम सुरु गर्न थाल्दै गर्दा सरकार परिवर्तन भए पछि उनि लगायत थुप्रै राजदुतहरुलाई नेपाल फिर्ता बोलाइएकोले उनि नेपाल फर्केका हुन् । । उनि डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्केका हुन् ।उनलाई बिदाई गर्न विमानस्थलमा राजदुताबासका उपनियोग प्रमुख कुमार राज खरेल ,आर्थिक सल्लाहकार होम कान्त भण्डारी,प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापा ,सैनिक सहचारी भुवन पुर्ण सत्याल लगायत दुताबासका कर्मचारी पुगेका थिए ।
छोटो समयमा पनि सबै नेपाली समुदायमा पुगेका डा खतिवडासँग अमेरिकाका नेपालीले ठूलो अपेक्षा गरेका थिए । नेपालको विकासको लागि नेपाल देखि नै दात्री संस्थाहरुसंग प्रगाढ सम्बन्ध रहेकोले केही सम्बन्ध स्थापित र पहल गर्दै गर्दा करिव ७ महिनामै उनि फर्कनु पर्यो ।राजदुत डा खतिवडाले अमेरिका आएको ३ महिना मै नेपालमा कोरोना बिरुद्धको खोप पठाउँ ठूलो भूमिका निर्वाह गरेका थिए । डा. युवराज खतिवडा एक नेपाली राजनीतिज्ञ र अर्थशास्त्री पनि हुन् । उनि सेप्टेम्बर २०२० सम्म नेपाल सरकारको अर्थ मन्त्री र सूचना तथा सञ्चार मन्त्री रहेका थिए ।अक्टोबर २०२० मा प्रधानमन्त्रि केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो । डा। खतिवडाले अमेरिका र यसका क्षेत्रहरु, र दक्षिण अमेरिकी देशहरु पनामा, कोस्टा रिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस, र ग्वाटेमालामा पनि गैर–आवासीय राजदूतको रुपमा काम गरेका थिए ।
यसका साथै अमेरिकामा नेपालको आवासीय राजदूतका रूपमा उनि विश्व बैंक, आईएमएफ र विश्व बैंक समूह (आईबीआरडी, आईडीए, आईएफसी, एमआईजीए र आईसीएसआईडी) सम्बन्धी मामिलाहरू पनि हेर्ने उच्च कूटनीतिक अधिकारी रहेका थिए ।अर्थमन्त्री हुनुअघि खतिवडा प्रशासनिक सेवाकै क्रममा नेपाल राष्ट्र बैंकको गभर्नर रहेका थिए ।
प्रतिक्रिया