युवती शे–फोक्सुण्डो तालको यात्राको क्रममा खोलामा खसेर बेपत्ता

डोल्पा , १० कात्तिक । हिमाली जिल्ला डोल्पामा पर्ने शे–फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।
बुधबार बिहान शे–फोक्सुण्डो गाउँपालिका–९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानमा दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा करिब १० बजेतिर सुलिगाड खोलामा खसेर ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने २६ वर्षीया युवती सलिना बुढा बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
यात्राको क्रममा खुट्टामा ठेस लागेर खोलामा खसेपश्चात् प्रहरी, सेना तथा आफन्त मिलेर बुढाको खोजी कार्य भइरहेकोे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति