चिनियाँ टेलिकम कम्पनीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

काठमाडौं, १० कार्तिक ।  चिनियाँ टेलिकम कम्पनी चाइना टेलिकममाथि अमेरिकाले प्रतिबन्ध लगाउने निर्णय गरेको छ।अमेरिकी अधिकारीहरुले चिनियाँ सरकारको नियन्त्रणमा रहेको कम्पनीले चीनलाई अमेरिकाको सञ्चारमा पहुँच दिने, डेटा डेटा स्टोर गर्ने, अवरोध सिर्जना गर्नेजस्ता कार्य हुन सक्ने भएकाले राष्ट्रिय सुरक्षाको जोखिमको कारण देखाउँदै अमेरिकाले चाइना टेलिकमलाई अबको ६० दिनमा अमेरिकामा आफ्नो सेवा बन्द गर्न निर्देशन दिएको छ ।

यसअघि अमेरिकी अर्थमन्त्री जनेत एलेनले चिनियाँ उपप्रधानमन्त्री लिउ हेसँग विश्व अर्थतन्त्रको विषयमा कुराकानी गरेपश्चात् तनावपूर्ण चीन–अमेरिका सम्बन्ध सुधारको दिशामा अघि बढेको रुपमा हेरिएपनि त्यसको केही समयमा नै अमेरिकाको फेडेरल कम्युनिकेसन कमिसनले करिब २० वर्षदेखि अमेरिकामा सेवा प्रदान गर्दै आएको चिनियाँ कम्पनीमाथि प्रतिबन्धको निर्णय गरेको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति