नेपाली खेलाडी विश्व बक्सिङ च्याम्पियनसिपको पहिलो खेलमै पराजित

काठमाडौं , १० कार्तिक । नेपालका मुक्केबाज भुपेन्द्र थापा आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएका छन् । थापा १३औं सागको स्वर्ण विजेता हुन् । मंगलबार सर्बियाको बेलग्रेडमा भइरहेको च्याम्पियनसिपको ६३.५ केजी तौल समूहको खेलमा फ्रान्सेली खेलाडी हाम्रोउई लाउनेसँग थापा ५–० ले पराजित भएका हुन् । नेपालबाट कूल ४ खेलाडीको सहभागिता रहेको विश्व च्याम्पियनसिपमा ४ खेलाडी मध्ये एक सनिल शाहीले भने वाक ओभर पाउँदै राउण्ड अफ ३२ मा प्रवेश गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति