एमालेले दाङका पालिकामा अधिवेशन सक्यो, नेतृत्वमा आएनन् महिला

काठमाडौँ, १० कार्तिक ।  नेकपा एमालेले दाङका दशवटै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरको छ।तुलसीपुर उपमहानगरको नगर कमिटी अध्यक्षमा माधव वली, घोराही उपमहानगरमा भागिराम चौधरी र लमही नगरपालिकामा दण्डिराम चौधरी नगर अध्यक्ष बनेका छन्।बबई गाउँपालिकाको अध्यक्षमा जितबहादुर वली, दंगीशरण गाउँपालिकामा रेशम वली, शान्तिनगरमा धनबहादुर केसी, बंगलाचुलीमा पुष्पराज भण्डारी, राप्तीमा मदन अधिकारी, गढवामा बाबुराम अधिकारी र राजपुर गाउँपालिकामा हेमकुमार जिसी अध्यक्ष भएका छन्।एमाले दाङका अध्यक्ष टीकाराम खड्काले दशवटै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको बताए। दाङका कुनै पनि पालिकामा एमालेले महिलालाई नेतृत्वमा ल्याएको छैन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति