मंसिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई देउवाको निर्देशन

काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन सम्पन्‍न गर्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शीर्ष नेता र निर्वाचन समितिको बैठकमा देउवाले उक्त निर्देशन दिएका हुन् ।

बैठकमा निर्वाचन कार्यतालिकाबारेमा छलफल भयो । मंसिरभित्र महाधिवेशन सम्पन्न हुने गरी निर्वाचिनको कार्यतालिका बनाउन निर्वाचन समितिलाई सभापतिज्यूले निर्देशन दिनुभयो । बाँकी विषयमा तत्कालै केन्द्रीय समिति बसेर टुंग्याउने निर्णय भएको छ, सहमहामन्त्री प्रकाशशरण महतले भने ।

बैठकमा सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री महत र निर्वाचन समितिमा रहेका नेताहरुको उपस्थिति थियो । कांग्रेसले ५१ जिल्लामा स्थानीय तहको अधिवेशन गरिसकेको छ भने १३ जिल्लामा जिल्ला तहसम्मकै अधिवेशन सकिएको छ ।

निर्वाचन समितिले सोमबारै अधिवेशन हुन बाँकी रहेका हिमाली जिल्लामा तिहारअघि अधिवेशन गरिसक्ने निर्णय गरिसकेको छ ।कांग्रेसले आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने मिति तोके पनि त्यहीअनुसार तल्ला तहको अधिवेशन भने गर्न सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति