काठमाडौं, ९ कार्तिक । जुम्लाको हवाई सेवा सुधारका लागि पटक पटक छलफल बहस र निर्णय भएपनि अझै सुधार हुन सकेको छैन् । जुम्लाको हवाई सेवा विगतदेखि हाल सम्म पैसा र पावरवालाको मुठ्ठीमा छ । फोनकै भरमा टिकट बुकिङ हुने हप्तादिन देखि धाईरहेका सर्वसाधारणले टिकट नपाउने समस्या अझै विद्यमान छ ।
मनपरी भाडा लिने,आफ्नो चिनेका मात्र टिकट दिने तर अघिल्लो पर्खेका गाउँका नागरिकलाई विभिन्न बाहनामा घर फर्काउने,सेडुल अनुसार उडान नभर्ने,सम्झौता अनुसार नियमित उडान नगर्ने जस्ता थुप्रै बेथिती जुम्ला विमानस्थलमा छन् । नेता प्रहरी प्रशासनलाई भनेकै बेला टिकट पाईने भएकोले आम नागरिकले हवाई सेवामा भोगिरहेको समस्या प्रति सरोकावाला गैरजिम्मेवार देखिएका छन् । गएको भदौ १३ गते बसेको बैठकले विमानस्थलमा हुने अनियमितता र अपारदर्शीता रोक्न चार वटा निर्णय गरेको थियो ।
टिकट वितरण प्रर्णालीलाई पारदर्शी बनाउन पहिलो आउनेले पहिलो सेवा पाउने गरी लकबुक बनाउने, अनलाइन टिकटको लागि पहल गर्ने, तालिकाअनुसार उडान भर्ने र हरेक जहाजको कार्यालय खोलेर टिकट वितरण सजह गर्ने निर्णय भएका थिए ।तर निर्णय भएको करिब दुई महिना पुग्न लाग्दा समेत निर्णयको कार्यान्वयन हुन सकेको छैनन् । विमानस्थल बाहिर खोलिएका कार्यालयमा ताला लागेको हुन्छ । काठमाडौंबाट रारा अवलोकनकालागि गएका रामु काफ्ले नेपालगंज फर्कने टिकट नपाएको गुनासो गरे । फोनका भरमा टिकट वितरण हुन्छ । एजेन्टहरुले आफ्ना चिनेका मान्छे आएपछि अघिल्लो सगै आएकालाई पनि टिकट छैन् भनेर फिर्ता गरेका धेरै उदाहरण छन् । पहुँचवालाको हालीमुहाली बढेको छ । सर्वसाधारण नागरिकले हप्तौ कुर्दा टिकट पाउदैनन् । फोनबाटै टिकट बुकिङ हुने गलत संस्कारको अन्त्य हुनुपर्छ ।” काफ्लेले भने ।
प्रतिक्रिया