चिनियाँ सहर लान्झोउमा लकडाउन

काठमाडौं, ९ कार्तिक । चीनमा ४० लाख जनसंख्या बस्ने एक सहरमा लकडाउन गरिएको छ । गाङ्सू प्रान्तको राजधानी लान्झोउमा मंगलबारदेखि लकडाउन गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

लकडाउन गरिएको क्षेत्रमा स्थानीयलाई आपतकालीन अवस्थामा बाहेक घर बाहिर ननिस्किन भनिएको छ ।चीनमा सोमबार मात्रै २९ जना कोरोनाका नयाँ संक्रमित फेला परेका थिए । जसमध्ये लान्झोउका मात्रै ६ जना थिए । घरेलु संक्रमणको दर बढ्न थालेपछि लान्झोउमा लकडाउन गरिएको समाचारमा उल्लेख छ ।

लान्झोउका अधिकारीले विज्ञप्ति जारी गर्दै शहरका बासिन्दाको आवतजावतमा कडाइ गरिने र अत्यावश्यक वस्तु किनमेल वा स्वास्थ्य उपचारका लागि मात्रै घरबाहिर निस्किन पाइने बताएका छन् ।

‘सबै मानिस आफ्नो निवासभित्रै रहनुपर्ने छ’, अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसअघि नै उत्तरी चीनमा हजारौं मानिसलाई घरभित्रै बस्न भन्दै कडा आदेश जारी गरिएको छ ।चीनमा कोरोनाको ताजा संक्रमणलाई डेल्टा भेरियन्टसँग जोडेर हेरिएको छ । परीक्षण बढाउँदै जाँदा संक्रमितको संख्या पनि बढ्न सक्ने भन्दै अधिकारीहरुले चेतावनी दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति