सडक दुर्घटनामा परी साउदीमा एक नेपाली युवकको मृत्यु

काठमाडौं, ९ कार्तिक ।  सडक दुर्घटनामा साउदी अरबमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका – २ देउरालीका युबराज क्याप्छकी मगर रहेको बताईएको छ ।

साउदीको मदिनाको अलियामा ड्युटी जाने क्रममा सडक पार गर्न लाग्दा गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको मृतकका दाजु मनहरी क्याप्छकी मगरले जानकारी दिए ।

दाजुका अनुसार उनी विगत ८ महिना अघि मात्र रोजगारीको सिलसिला त्यहाँ पुगेका एक रेस्टुरेन्टमा काम गरिरहेका थिए ।

भाइको शवलाई जतिसक्दो चाँडो नेपाल पठाईदिन त्यहाँस्थित नेपाली दूतावास लगायत सम्बन्धिय निकायलाई दाजु मनहरी अनुरोध गरेका छन् ।

मृकको शवलाई रोजगारदाता कम्पनीसँग सामन्वय गरेर आवश्यक कानुनी प्रक्रिया पूरा भई चाँडै नेपाल पठाउने नेपाली दूतावास स्रोतले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति