परिचयपत्र विनाका कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन सरकारको आग्रह , कारण छ यस्तो

काठमाडौँ, ८ कार्तिक । सरकारले परिचयपत्र विनाका कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । ११ जना अफगान नागरिक भारतको बाटो काठमाण्डौमा लुकीछिपी बसेको खुलेपछि गृह मन्त्रालयले सोमबार विज्ञप्ति नै निकालेर परिचय पत्र नभएका व्यक्तिलाई घर, कोठा भाडामा नदिन नागरिक सबैमा आग्रह गरेको हो ।

कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको भन्दै पहिचान खुल्ने परिचय पत्र नभएका कसैलाई पनि घर, अपार्टमेन्ट, कोठा भाडामा नदिन र त्यस्ता व्यक्तिहरूलाई कुनै किसिमको कामकाजमा समेत नलगाउन गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल द्वारा विज्ञप्तिमा भनिएको छ ।

यस्तै मन्त्रालयले पहिचान नखुलेका विदेशी नागरिक देखिएमा वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिन पनि आग्रह गरेको छ ।कात्तिक ४ र असोज तेस्रो हप्ता उनीहरू बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका ती अफगानी नागरिक नागरिकहरुलाई सोमवार बिहान सिनामङ्गलबाट पक्राउ गरि प्रहरीले उनीहरूलाई थप कारबाहीका लागि अध्यागमन विभागको जिम्मा लगाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति