थप ७७६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

काठमाडौं, ८ कार्तिक । नेपालमा पछिल्लो २४ घन्टामा ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८६४ नमूना परीक्षणमध्ये ६७३ पीसीआर र १०३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो।त्यस्तै पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ। योसँगै कूल मृत्यु संख्या ११ हजार ३६१ पुगेको छ।मन्त्रालयका अनुसार थप ५०१ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ८८ हजार ८ पुगेको छ। देशभरि १० हजार ३६० सक्रिय संक्रमित छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति