सोमबार पनि सेयर बजारमा देखियो सुधार

काठमाडौ, ८ कार्तिक । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा सुधार देखिएको छ। सोमबार सेयर बजारमा ८७।६३ अंक वृद्धिसँगै परिसूचक २६७२ अंक कायम भएको छ। आज कारोबार रकममा पनि सुधार भएको छ। आइतबार २ अर्ब ७७ करोड ३४ लाख रूपैयाँको सेयर किनबेच भएको थियो। आज सोमबार भने कारोबार बढेर चार अर्ब तीस करोड पुगेको छ।कारोबार भएका कुल कम्पनीमध्ये १८३ वटाको मूल्य बढेको छ भने ३ वटाको घटेको छ। एउटा कम्पनीको मूल्य भने स्थिर छ।आज १८ वटा कम्पनीको मूल्य १० प्रतिशत बढेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति