सर्वोच्चमा इजलास बस्न सकेन

काठमाडौं, ८ कात्तिक । सर्वोच्च अदालतमा सोमबार १ बजे बोलाईएको इजलास २ बजे सम्म पनि बस्न सकेको छैन ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरबाहेकका अरु १३ जना न्यायाधीश छुट्टै बैठकमा बसेपछि सोमबार तोकिएका ७ वटामध्ये कुनै पनि इजलास बस्न सकेको छैन ।प्रधानन्यायाधीश जबराले सोमबार ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका छन् ।

उनले आफ्ना लागि भने इजलास तोकेका छैनन् ।प्रधानन्यायाधीश जबराले सोमबार हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ता उपाधिका विषयमा छलफल गर्न सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका थिए ।

तर सोमबार सर्वोच्चमा उपस्थित भएका जबराबाहेकका न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, डा. विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाल, मनोजकुमार शर्मा छुट्टै बैठकमा छन् ।आइतबार छुट्टै बैठकमा सहभागी न्यायाधीश नहकुल सुवेदी भने सोमबार सर्वोच्च अदालतमा उपस्थित छैनन् । न्यायाधीशहरुको बैठक करिब पौने २ बजे सकिएको छ । तर यतिन्जेल सर्वोच्चमा मुद्दा सुनुवाइ भने रोकिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति