काठमाडौं, ८ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा आफू सभापति पदको स्वभाविक उम्मेदवार भएको बताएका छन्।
तर आफ्नो समूहमा यसबारे कुराकानी हुन बाँकी नै रहेको उनले उल्लेख गरेका छन्। ‘म पार्टीभित्र स्वभाविक रूपमा सभापतिको उम्मेदवार हुँ,’ आज बाँकेमा पत्रकारहरूसँग उनले भने, ‘१३ औं महाधिवेशनमा पनि म नै सभापतिको उम्मेदवार थिएँ। यसपालि पनि टिममा छलफल गरेपछि निर्णय हुन्छ। स्वभाविक रूपमा म सभापतिको उम्मेदवार हुँ।
’टिमभित्र अन्य नेताहरूले पनि सभापति पदमा उठ्ने इच्छा राखे पनि छलफलबाटै एक जना मात्रै उम्मेदवार हुने उनले बताए। उनले महाधिवेशन तयारीबारे थप छलफल गर्न आफूले दसैंअगाडि नै केन्द्रीय समिति बैठक राख्न माग गरेको बताए।समयमा महाधिवेशन हुन नसक्दा पार्टी नै वैधानिक संकटमा परेको उनी बताउँछन्।उनले महाधिवेशन समयमै गर्न सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गरिएको पनि बताए।
प्रतिक्रिया