काठमाडौँ, ८ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात (फुल कोर्ट)मा १४ न्यायाधीश सहभागी नहुने भएका छन्।
एजेन्डाबारे छलफलै नगरी प्रधानन्यायाधीशले बैठक बोलाएको भन्दै न्यायाधीशहरुले बहिष्कार गर्ने निर्णय गरेका हुन्। (फुल कोर्ट)बहिष्कार गर्ने निर्णय गरेका सर्वोच्चका १४ जना न्यायाधीशले आज बिहान ११ बजेदेखि प्रधानन्यायाधीशका कामकारबाहीबारे आफ्नो छलफललाई निरन्तर दिने भएका छन्।
छलफल नसकिएसम्म आज तोकिएका इजलासमा नबस्ने उनीहरूले बताएका छन्। न्यायाधीशहरू हिजो छलफलमा रहेकै बेला प्रधानन्यायाधीश जबराले आज १ बजे बारका पदाधिकारीसँगै (फुल कोर्ट)बस्ने सूचना पठाएका थिए।
न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने र कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि वितरण गर्नेबारे एजेण्डासहित (फुल कोर्ट)बस्ने प्रधानन्यायाधीशको सूचनाले न्यायाधीशहरूलाई थप आक्रोशित बनाएको छ।
प्रतिक्रिया