साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

काठमाडौं, ७ असोज । साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेप्से २७ दशमलव ५१ अंकले बढेर २ हजार ५ सय ८४ दशमलव ५२ अंकमा पुगेको हाे । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २४ अंकले बढेको छ भने कारोबार रकममा भने उल्लास देखिएन । दिनभर भएका ३८ हजार १४७ कारोबारमा ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच भएका छन् ।

शेयर कारोबार रकम २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ रुपैयाँ पुगेको छ । नेप्सेमा कारोबार हुने व्यापार समूह ३२ दशमलव ४७ अंकले घट्दा बाँकी सबै समूहगत सब-इन्डेक्स बढेर उकालो लागेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति