कात्तिक १५ गतेसम्म स्थगित भयो प्रदेश १ को संसद बैठक

काठमाडौं, ७ कार्तिक।  प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ।प्रदेश सभा सचिवालयले आइतबार दिउँसो सूचना टाँस गर्दै अर्को बैठक कात्तिक १५ गते बस्ने जानकारी दिएको छ।आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो। सत्तारूढ एमाले र विपक्षी दल नेपाली कांग्रेस दुबैले आजको बैठक स्थगित गर्न निवेदन दिएका थिए।दलहरूको मागअनुसार बैठक सारिएको हो। बैठक सरेसँगै नेकपा एमाले विभाजनपछि प्रदेश सभामा बहुमत गुमाएमा मुख्यमन्त्री आचार्य सत्ता अझै केहीदिन लम्बिने भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति