काठमाडौं , ७ कात्तिक। टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका छन् ।
अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे र स्वीडेनका राजदूतहरुले संयुक्त रुपमा गत सोमबार थुनामा रहेका नागरिक अगुवा एवं सामाजिक अभियन्ता ओस्मान काभालालाई मुक्त गर्नुपर्ने भन्दै विज्ञप्ति निकालेपश्चात् एर्दोगनले देश निकाला गर्ने आदेश दिएका हुन् ।
पेरिसमा जन्मिएका काभालालाई अभियोग पुष्टि नभइकनै २०१७ देखि थुनामा राखिएको छ । उनीमाथि २०१३ को सरकारविरोधी प्रदर्शन र २०१६ को असफल ‘कु’सँग जोडेर विभिन्न आरोप लगाइएको छ ।
राजदुतहरुकोलागि राष्ट्रपति एर्दोगनले देश छोड्ने मिति भने तोकेका छैनन् । उनको आदेश यदि पूर्ण पालना भए एर्दोगानको १९ वर्षीय कार्यकालमा पश्चिमी मुलुकसँग सबैभन्दा गहिरो दरार पैदा हुने देखिएको छ ।
प्रतिक्रिया