मोटरसाइकल दुर्घटनामा भक्तपुरमा एक जनाको मृत्यु

काठमाडौं , ७ कात्तिक । भक्तपुरमा मोटरसाइकल र मिनी ट्रक ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।प्रदेश नं ३–०२–०१७ प ७९४२ नं को मोटरसाइकलमा सवार चाँगुनारायण नगरपालिका–५ छालङका सुरज तामाङ दुर्घटनामा गम्भीर घाइते हुदाँ उपचारकालागि उनलाई अस्पताल पु¥याइएको थियो ।

शनिबार साँझ उपचारका क्रममा तामाङको अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो । भक्तपुर नगरपालिका–१ स्थित यती कार्पेट नजिकबाट सल्लाघारीतर्फ जाँदै गरेको मोटरसाइकल चोङ्गा गणेश मोटर पार्ट्स ग्यारेजबाट मुख्य सडकमा निस्किदै गरेको प्र.नं. ३–०१–००३ क. ५०६५ नं. को मिनी ट्रकसँग ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकलका चालक चाँगुनारायण–५ का १९ वर्षीय महेश्वर खड्का सामान्य घाइते भएका थिए । उनको उपचार भएर अहिले डिस्चार्ज भइसकेका छन् । बाइक ठोक्किएको ट्रकको चालक भक्तपुर नगरपालिका–१० कमलविनायक महालक्ष्मीका ३३ बर्षीय लक्ष्मी प्रसाद दुवाललाई प्रहरीले नियन्त्रणम लिएको छ । अनुसन्धानका क्रममा दुर्घटना असावधानिबस घटेको पत्ता लागेको प्रहरीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति