आज भारत र पाकिस्तानबीच टी–२० विश्वकपमा प्रतिस्पर्धा

काठमाडौं , ७ कात्तिक । यूएईमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज दक्षिण एसियाकै चारवटै टिमबीच दुई खेल हुँदैछ । त्यसमध्ये एक खेलमा भारत र पाकिस्तानबीच आज प्रतिस्पर्धा हुदैछ ।

आयोजक समेत रहेको भारतले सुपर १२ मा पहिलो खेलमै पाकिस्तानसँग खेल्दै विश्वकप सुरुआत गर्दैछ । भारतमा हुनुपर्ने विश्वकप कोरोना महामारीका कारण यसपाली यूएई र ओमानमा खेलाइएको हो । ओमानमा पहिलो चरणको एउटा समूहको खेल भएको थियो । सुपर १२ पछि भने सबै खेल यूएईको तीनवटा मैदानमा खेलाइँदै छ ।

भारत र पाकिस्तानबीच लामो समयदेखि राजनैतिक तनाव रहँदै आएकोले यो खेललाई जित र हात मात्र नभएर प्रतिष्ठाको लडाइको रुपमा समेत हेरिन्छ ।

भारत र पाकिस्तानबीचको खेल दुबईमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ भने यो खेलअघि ग्रुप १ मा रहेको बंगलादेश र श्रीलंकाबीचको खेल शारजहाँमा दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति