मध्य भोटेकोशी जलविद्युतको आईपीओ शुक्रबारसम्ममा बाँडफाँड हुने तयारी

काठमाडौं, ७ कार्तिक।  मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ यस साताभित्रै बाँडफाँड हुने भएको छ । मध्यभोटेकोशी जलविद्युतका सीईओ रामगोपाल शिवाकोटीका अनुसार यो साताभित्रै आईपीओ बाँडफाँड गर्ने गरी धमाधम काम भइरहेको छ ।

‘आउँदो सोमबार वा मंगलबारसम्म प्रिअलटमेन्ट सक्ने गरी ग्लोबल आइएमई क्यापिटलले काम गरिरहेको छ’, उनले भने, ‘प्रिअलमेन्टको काम सकिएपछि सकभर आउँदो बिहीबार आईपीओ बाँडफाँड गर्ने योजना छ, बिहीबार नभएर शुक्रबारसम्म आईपीओ बाँडफाँड हुनेछ।’मध्यभोटेकोशीले कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता (४ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता ९५ प्रतिशत० सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन पेस गरेका छन्।आईपीओमा २३ लाख ९३ हजार ४२८ आवेदकले ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन दिएका छन्।

मागभन्दा बढी आवेदन परेकोले यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ।यसअघि कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र जिल्लाकै अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता निष्कासन गरेर बाँडफाँड पनि गरिसकेको छ।मध्य भोटेकोशीको आईपीओको सहनिष्कासनकर्तामा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति