क्रियाशील सदस्यता विवाद कायमै राख्नु नेतृत्वको असक्षमता : प्रकाशमान सिंह

काठमाडौं, ७ कार्तिक। नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले अब महाधिवेशनको मिति सार्न नदिइने बताएका छन्।कांग्रेसले पाँचौंपटक महाधिवेशन सार्ने तयारी गरेको छ। त्यसका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भइरहेको बेला सिंहले मंसिर ९ देखि १३ मै महाधिवेशन गरिनुपर्ने बताएका हुन्।
उनले महाधिवेशन सार्ने फोहोरी खेलमा पार्टी नेतृत्व लागिपरेको आरोप पनि लगाएका छन्। कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेकोसमेत उनी बताउँछन्।
आज जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले अझै केही जिल्लामा क्रियाशील सदस्यता विवाद कायमै राख्नु नेतृत्वको असक्षमता भएको बताए।
रसुवा र रौतहटमा अझै क्रियाशील सदस्यताको विवाद टुंगिन बाँकी छ। उनले आफू १४ औं महाधिवेशनमा सभापति पदमा लड्ने र त्यसका लागि तयारी गरिरहेको पनि उनले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति