प्रधानन्यायाधीश र बारको जम्बो टोलीबीच सर्वोच्चमा भेटवार्ता

काठमाडौं, ७ कार्तिक । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको टोली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बीच भेट भएको छ । प्रधानन्यायाधीशलाई भेट्न बारको जम्बो टोली सर्वोच्च अदालतमा पुगेको हो। प्रधानन्यायाधीश र बारका प्रतिनिधि बीचमा छलफल शुरु भएको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले बताए ।शुक्रबार बारले गोलाप्रथाबाट पेशी सूची तोक्ने समयसीमा सहितको प्रतिबद्धता जनाउन सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम दिएको थियो । सो प्रतिवद्धता खोज्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधान न्यायाधीशसँग छलफल शुरु गरेको छ । बार कार्यसमितिको बैठकले गोलाप्रथाबाट पेश तोक्ने प्रतिबद्धता नआए प्रधान न्यायाधीशलाई विश्वास गर्न नसकिने निर्णय गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति