नेकपा (एमाले)को ६ हजारभन्दा बढी वडा कमिटीको अधिवेशन सम्पन्न

काठमाडौँ, ६ कार्तिक ।  नेकपा (एमाले)को ६ हजारभन्दा बढी वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले मुलुकभरका ६ हजारभन्दा बढी वडा कमिटीको अधिवेशन सम्पन्न भएको रिपोर्ट आएको जानकारी दिएका छन् ।

नेकपा (एमाले) बुटवल उपमहानगर कमिटी वडा नम्बर १३ को कार्यसमिति । शनिबार सम्पन्न अधिवेशनले झबिन्द्र थापाको अध्यक्षतामा ४१ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट मुलुकभरका वडा अधिवेशनको उद्घाटन गरेका थिए । करिब १ बजे सकिएको उद्घाटन समारोहपछि देशभर निर्विरोध रूपमा वडा कमिटी चयन भएका तामाङले बताए ।

शनिबार साँझसम्म ६ हजारभन्दा बढी वडा कमिटीको अधिवेशन सम्पन्न भएको रिपोर्ट केन्द्रीय कार्यालयमा आएको छ, तामाङले भने, सुदूरपश्चिम र पूर्वी पहाडको पाँचथरलगायतका केही वर्षा र पहिरोले प्रभावित र केही डुबानमा परेका जिल्लामा भने अधिवेशन हुन सकेको छैन ।अधिवेशन हुन नसकेका वडाहरूलाई कार्तिक १५ गतेभित्र सम्पन्न गरिसक्न भनिएको पनि तामाङले बताए ।

नेतृत्व चयन भने सर्वसम्मत रूपमा भएको उनले बताए । हामीकहाँ आएको रिपोर्टअनुसार वडा कमिटीको नेतृत्व चयनका लागि निर्वाचन र विवाद भएको कुनै रेकर्ड छैन । सबै ठाउँमा सर्वसम्मत नेतृत्व चयन भएको छ, उनले भने ।

एमालेको वडा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका हुन् । प्रत्येक कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि छ हजार ७४३ वडा रहेका छन् । कुन वडा कमिटीमा को९को चयन भएका हुन् भन्ने सबै तथ्यांक आइतबारसम्म केन्द्रीय कार्यालयमा आउने एमालेले जानकारी दिएको छ ।

केन्द्रीय कार्यालय सचिव तामाङले पार्टीमा देखिएको विवाद वडा अधिवेशनमा नपरेको बताए । उनले उत्साहका साथ कार्यकर्ताहरू अधिवेशनमा सहभागी भएको र एकढिक्का भएर नेतृत्व चयन गरिएको पनि जानकारी दिए । सर्वसम्मत नेतृत्व चयन भएको छ । संगठनात्मक संरचना एकीकरणका नाममा भत्काएका थियौं, अब लयमा ल्याएका छौं, उनले भने, पार्टीमा रहेको भनिएको विवादको केही पनि प्रभाव रहेको भन्ने देखिएन । नेता-नेता माथि वेमेल गरिरहेको देखिन्छ तल कार्यकर्तामा त्यस्तो देखिएन । एमालेको पालिका अधिवेशन कात्तिक ९ गतेका लागि तय गरिएको छ । पार्टी महाधिवेशन भने मंगिर १० देखि १२ गतेसम्म चितवनमा तय गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति