साउदीले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने

काठमाडौं, ६ कार्तिक ।विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ ।कोप २६ सम्मेलन हुनुभन्दा केही दिन अघि साउदीका राजकुमार मोहम्मद बिन सलमानले शनिबार यो घोषणा गरेका हुन् । म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छ, उनले भने । राजकुमार सलमानले साउदी ग्रीन इनिसिएटिभु फोरममा रेकर्ड गरिएको कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

उनले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले घटाउने पनि प्रतिबद्धता जनाएका छन् ।

साउदी ग्रिन एनिसिएटिभले हरेक वर्ष कार्बन उत्सर्जन २७८ मिलियन टन कर्बन उत्सर्जन घटाउने लक्ष्य समेत लिएको छ । सन् २०१८ मा साउदीले ०।६२ गिगाटन कार्बन डाइअक्साइड उत्सर्जन गरेको थियो ।

गत मार्चमा साउदीले तेल प्रयोग हुने करिब ५० प्रतिशत क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरेर कार्बन उत्सर्जन घटाउने बताएको थियो । साउदीको कार्बन उत्सर्जन घटाउनका लागि सन् २०३० सम्म अर्बौं बिरुवाहरु रोप्‍ने प्रतिबद्धता जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति