भारतीय प्रधानमन्त्री मोदीले भने – महामारी विरुद्धको लडाइँमा भारत नेपालको साथमा छ

काठमाडौं, ६ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीविरुद्धको लडाइँमा भारत नेपालसँगै उभिने बताएका छन् । भारतमा १ अर्ब डोज खोप लगाएको उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको बधाईको जवाफ दिँदै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सो कुरा बताएका हुन् ।

‘तपाईंको शुभकामना धन्यवाद प्रधानमन्त्रीज्यू, भारत यस महामारीविरुद्धमा संयुक्तरुपमा नेपालसँगै उभिन दृढ छ । हाम्रो चिरस्थायी सम्बन्ध अझै बढ्दै र बलियो बनोस्,’ सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीले लेखेका छन् । भारतले अनुदानमा दिएको कोभिसिल्ड खोपको मद्दतले नै नेपाल दक्षिण एसियामा खोप कार्यक्रम सुरुवात गर्ने भारतपछि दोस्रो मुलुक बनेको थियो ।

बिहीबारसम्म भारतमा १ अर्ब डोजभन्दा बढी खोप लगाइएको थियो । कोरोना भाइरसविरुद्धको खोप अभियानमा यसलाई ठुलो सफलता मानिएको छ । गत सेप्टेम्बर १८ मा भारतले एकै दिन २ करोड ५० लाख डोजभन्दा बढी कोरोना खोप लगाएको थियो । भारत चीनपछि एक अर्ब डोजभन्दा बढी खोप लगाउने पहिलो मुलुक हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति