खानेपानी प्रमुखलाई दुर्व्यवहार गर्नेमाथि कारबाही सुरु भइसक्यो : गृहमन्त्री

काठमाडौं, ५ कार्तिक । गृहमन्त्री बालकृष्ण खाणले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्नेहरुमाथि कारबाही सुरु भइसकेको बताएका छन् । शुक्रबार गृह मन्त्रालयमा ज्ञापन पत्र बुझ्दै गृहमन्त्री खाणले कर्मचारी र राज्य प्रणालीको सुरक्षामा सरकार गम्भीर रहेको बताए । ‘दुर्व्यवहार गर्नेमाथि कारबाही प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने, ‘कर्मचारी र राज्य प्रणालीको सुरक्षामा सरकार गम्भीर छ ।’

उनले शुक्रबार प्रहरीले कुशवाहामाथि दुर्व्यवहार गर्ने सीके राउतका १७ जना कार्यकर्तामाथि अपराधिक उपद्र मुद्धा लगाएर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेको बताए ।कुशवाहालाई बिहीबार कार्यालयमा पुगेर सीके राउतका कार्यकर्ताले दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए।

गृहमन्त्री खाणलाई सेन्टर फर डेमोक्रयाटिक इञ्जिनियर्स एसोसिएसनका अध्यक्ष उमेश थानी नेतृत्वको प्रतिनिधि मण्डल, नेपाल इञ्जिनियर्स एसोसिएसनको केन्द्रीय समिति, बागमती प्रदेश समिति र नेपाल निजामति कर्मचारी युनियनको प्रतिनिधि मण्डलले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए ।उक्त ज्ञापन पत्रमा कुशवाहमाथि भएको भएको दुर्व्यवहार निन्दनीय र भर्त्सनायोग्य भएको भन्दै कडा कानुनी कारबाहीको गर्न माग गरिएको छ । साथै शान्ति सुरक्षा कायम गर्न पनि ज्ञापन पत्रहरूमा माग गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति