बाढी, पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा प्रधानमन्त्री देउवा (फोटोफिचर)

काठमाडौँ, ५ कार्तिक ।प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो र डुवान प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशका कञ्चनपुरलगायत विभिन्न जिल्लामा शुक्रबार र बिहीबार निरीक्षण गरेका हुन्।प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बाढीपहिरो र डुवानपीडितलाई राहत दिइने बताए।अल्पकालीन र दीर्घकालीन रूपमा राहत दिइने उनको भनाइ थियो।प्रधानमन्त्री देउवा आज काठमाडौं फर्कने कार्यक्रम छ।काठमाडौं आएपछि बाढीपहिरो प्रभावितलाई थप राहतका कार्यक्रम ल्याउने पनि उनले बताइरहेका छन्। गत शनिबारदेखि परेको वर्षाले देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ। एक सय ३ जनाको बाढीपहिरोमा परेर मृत्यु भइसकेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति