काठमाडौं, ५ कार्तिक । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘गिनिज बुक’ आफूले गरेका कामले आधा भरिने भनाइप्रति टिप्पणी गरेका छन् ।बुधबार एमाले वागमती प्रदेश कमिटीले आयोजना गरेको बैठकमा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका कामले गिनिज बुक आधा भरिने बताएका थिए । त्यसप्रति व्यंग्यात्मक टिप्पणी गर्दै भट्टराईले त्यसको सूची ट्वीटरमा राखेका छन् ।
१. दुई-दुई पटक असंवैधिक ढंगले संसद विघटन र अदालतबाट पुनस्स्थापना
२. संघमा दुईतिहाइ बहुमतको सरकार र ६ वटा प्रदेश सरकार गुमाएर सडकमा
३. सरकारी निवासमा विदेशी गुप्तचरसँग घण्टौं कानेखुसी
४. मुखमा कम्युनिष्ट मनमा ठोरीवाला राम
५. हावादारी गफ र उखानटुक्कामा ताली लाउने अरिंगाल सेना

प्रतिक्रिया