काठमाडौं, ५ कार्तिक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन्। नाति नातिनीसहित पुगेका प्रचण्ड आफैंले क्लासिक जिपलाइनको अनुभव लिएका हुन्।

प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए। पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ। जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दूरी ११ सय मिटर रहेको छ। भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमिटर प्रतिघण्टाको औसत गतिमा पार हुन्छ। काठमाडौंबाट करिब ३५ किलोमिटर दुरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रूपमा सुरू भएको हो।

प्रतिक्रिया