कोरोनाका कारण एक लाख ८० हजार स्वास्थ्यकर्मीको ज्यान गएको आशङ्का

काठमाडौं, ५ कार्तिक । कोरोनाका कारण ८० हजारदेखि एक लाख ८० हजार जना स्वास्थ्यकर्मीको ज्यान गएको हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

सङ्गठनले सन् २०२० को जनवरीदेखि २०२१ को मे महिनासम्ममा ८० हजारदेखि एक लाख ८० हजार जनासम्मको ज्यान गएको हुन सक्ने जनाएको हो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेसियसले खोपको अन्यायपूर्ण वितरण भएको भन्दै स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।यसअघि डब्ल्यूएचओका अर्का वरिष्ठ अधिकारीले कोभिड खोपको कमीका कारण कोरोना महामारी अर्को वर्षसम्म लम्बिन सक्ने चेतावनी दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति