काठमाडौं, ४ कार्तिक । सहकारी ठगीको अभियोगमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरूद्ध संगठित अपराध ऐन अन्तर्गत अनुसन्धान थालिएको छ।
यसअघि ठगी मुद्दामा अनुसन्धान भइरहेकोमा प्रहरीले संगठित अपराध ऐन आकर्षित गरी अनुसन्धान थालेको हो। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार तामाङसहित पक्राउ परेका १२ जनालाई संगठित अपराध ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिइएको छ। अदालतले १८ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ । संगठित अपराध अन्तर्गत ६० दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ
तीन वा त्योभन्दा बढी व्यक्तिहरू संलग्न भएर हुने आर्थिक अपराधलाई संगठित अपराध ऐन आकर्षित गरेर अनुसन्धान गरिने गरिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार हालसम्म तामाङसहित १२ जनाविरूद्ध ११२६ जनाले जाहेरी दिएका छन्। हालसम्म उनीहरूविरूद्ध चार अर्ब ६१ करोड २५ लाख ३४ हजार ८८७ रूपैयाँ बिगो तयार भएको महतोले जानकारी दिए।‘आजमात्रै अन्य ४३ जना पीडित सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
सिभिल सहकारीका पूर्वअध्यक्ष तामाङसहितलाई केन्द्रीय अनुसन्धान ब्युरोले गत असोज १८ गते पक्राउ गरेको थियो।
प्रतिक्रिया