काठमाडौं, ४ कार्तिक । उत्तरी छिमेकी चीनले हुम्लाको नाम्खा गाउँपालिकाका बासिन्दालाई मेडिकल सामग्री र खाद्यान्न सहयोग गरेको छ।
केही समयअघि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लाप्चा क्षेत्रमा चिनियाँ पक्षले नेपाली सीमाभित्र संरचना बनाएको चर्चा चलेको थियो। सरकारले उक्त क्षेत्रको अध्ययन गर्न समिति नै बनाएको थियो।उक्त समितिले रिपोर्ट बुझाएको केही सातापछि चीनले विदेश मन्त्रालय र स्वशासित क्षेत्र तिब्बतका तर्फबाट नाम्खावासीलाई सहयोग गरेको हो।
काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्विटरमा सहयोग हस्तान्तरणका तस्बिरहरू राख्दै सीमा सहकार्य महामारीविरूद्धको संयुक्त लडाइँमा महत्वपूर्ण भाग भएको बताएकी छन्।हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार चिनियाँ पक्षले दिएको सामान लिन नाम्खाका केही वडाअध्यक्ष हिल्सा गएका छन्।‘चीनले मेडिकल सामग्री, चामल, पिठोलगायत खाद्यान्न सहयोग गरेको छ।
प्रतिक्रिया