तालिबानले पत्रकारमाथि गरे आक्रमण

काबुल, ४ कात्तिक । काबुलमा महिला अधिकारकर्मीहरुले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार कैयौ पत्रकारहरुमाथि आक्रमण गरेको छ । शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका महिलाहरुको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्नु भन्ने नारा लगाएका थिए ।

‘हामीसंग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन र बेरोजगारी, गरीबी, भोकले सताएको छ ’ भन्ने लेखिएको प्लेकार्ड ती महिलाहरु बोकेका थिए । तालिबान अधिकारीहरुले ती महिलालाई करिब १ घण्टा ३० मिनेटसम्म स्वतन्त्र रुपमा हिड्न दिएको एएफपी समाचार समिति जानकारी दिएको छ ।

तालिबान लडाकूहरुले। विदेशी पत्रकारलाई राइफल प्रहार गर्नुको साथै फोटोग्राफरलाई पछाडिबाट लात हानेका बताइएको छ । प्रदर्शनकारी आयोजक मध्येकी एक जाहरा मोहम्मदीले भनिन् कि महिलाहरु जोखिमको बावजुद मार्चपास गर्दै थिए । तालिबानहरुले स्थानीय पत्रकार, विदेशी पत्रकार र महिलाहरु कसैको पनि सम्मान नगरेको उनले बताएकी छिन् । केटीहरुको विद्यालय जाने अधिकारसमेत तालिबानहरु खोसेको पनि उनले बताएकी छिन् । (एजेन्सी)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति