काठमाडौं प्रवेश मुख्य नाकाः १४ किलोमिटर दुरी छिचोल्न ३ देखि १२ घन्टा (भिडियोसहित)

काठमाडौं, ४ कात्तिक । स्थलमार्गबाट राजधानी प्रवेश गर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकमा दैनिक हजारौ सवारी साधन गुड्छन्। तर उक्त सडक जताततै खाल्डाखुल्डी र भत्किएर छियाछिया छ। नौबिसेदेखि–नागढुंगासम्मको दुरी करिब १४ किलोमिटर सडक छ।उक्त खण्डमा अधिकांश स्थानमा सडक भत्किएर छियाछिया बनेको छ। भर्खरै नेपालीको ठूलो चाड दसैं सकिएको छ। दसैं मनाएर उपत्यका भित्रिने यात्रुको संख्या दिनहुँ बढिरहेको छ। तर दुर्भाग्य, नौबिसे–नागढुंगा सडकको नाजुक स्थितिकै कारण सवारी साधनलाई १४ किलोमिटर दुरी छिचोल्न ३ देखि १२ घन्टासम्म लाग्छ।विशेष गरेर नौबिसे–नागढुंगा खण्डमा खत्रीपौवा, खानीखोला, भूतघर, झयाप्लेखोला आसपासको सडक कतै खाल्डाखुल्डी त कतै पहिरो खसेर पुरिएका छन्। जसले गर्दा साँझबिहान असाध्यै जाम हुन थालेको छ। पाल्पाको रामपुरबाट काठमाडौं फर्किंदै गरेका यात्रु अनिल शर्माले सडक विभागले नियमित मर्मतसम्भार नगर्दा नौबिसे–नागढुंगा सडक खण्डमा मंगलबार चार घन्टा जाममा फसेको गुनासो गरे। ‘अरू बेला मर्मतसम्भार नगरे पनि दसैंको बेला त गरे हुन्थ्यो नि १ अहिले यात्रुहरू दैनिक चारदेखि १२ घन्टासम्म नौबिसे–नागढुंगाको जाममा फस्दै आइरहेका छन्,’ उनले भने, ‘राजधानी भित्रिने मुख्य नाकाकै यस्तो हालत छ भने अन्य ठाउँको सडकको हालत कस्तो होला रु’ शर्माले सरकारलाई सडकबाट कर मात्रै उठाउने नभई नियमित मर्मतसम्भार गर्न समेत सुझाए । प्रहरीका अनुसार गत असोज ११ गतदेखि कात्तिक ३ गते बिहानसम्म काठमाडौं उपत्यकाका चारवटै नाकाबाट नौ लाख ९५ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति