महाधिवेशन कहाँ गर्ने भन्नेबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, ४ कात्तिक ।नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहीबार अपरान्ह ३ बजे बैठक बस्ने भएको हो।एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले स्थायी कमिटी बैठक बोलाइएको बताए।एमालेको विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाले भएका जनधनको क्षतिका सम्बन्धमा छलफल गर्ने पनि एजेन्डा छन्।
एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने बताएको छ।एमालेको राष्ट्रिय महाविधेशन मंसिर १० देखि १३ गतेसम्म हुनेछ। महाधिवेशन कहाँ गर्ने भन्नेबारे पनि आज छलफल हुनेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति