३ कार्तिक , काठमाडौं । आज नेपालमा विदेशी मुद्रा साट्नेहरूलाई थप फाइदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज अधिकांश विदेशी मुद्राको भाउ बढेसँगै धेरै विदेशी मुद्रासँग नेपाली रुपैयाँ थप कमजोर भएको छ ।
मंगलबार खरिददर १ सय २० रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ८५ पैसा रहेको एक अमेरिकी डलरको विनिमयदर आज स्थिर रहेकाे छ । तर, यूरोपेली मुद्रा यूरोको खरिददर १ सय ४० रुपैयाँ २१ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ९१ पैसा पुगेको छ । हिजो सो मुद्राको खरिददर १ सय ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ १० पैसा निर्धारण गरिएको थियो ।
बेलायती पाउण्ड स्टेर्लिङको विनिमयदर पनि बढेको छ । साथै क्यानेडियन डलर, जापानी येन, चिनियाँ युआन यी तीनवटै मुद्राको विनिमयदर आज बढेको हो । नेपाली युवाहरूको प्रमुख श्रम गन्तव्य रहीआएको खाडी मुलुकतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ । यो मुद्राको विनिमयदर भने स्थिर छ । कतारी रियाल मुद्राको भाउ बढेको छ भने यूएई दिराम , मलेसियन रिंगेटको विनिमयदर स्थिर छ ।
प्रतिक्रिया